संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय महासचिव पदमा नियुक्त भएका छन्। संसद सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखी लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षले झन्डै दुई महिनाअघि नै पाण्डेयलाई महासचिव पदमा नियुक्तिका लागि सिफारिस गरे पनि राष्ट्रपति पौडेलले ढिलो गरी नियुक्तिको निर्णय गरेका हुन्।