शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन् । सोमबार साँझ बालुवाटारको बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)का नेताहरूको बैठकले पीडितकेन्द्रित कानुन बनाउन र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने विषयमा सकारात्मक छलफल भएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

त्यसैगरी नेताहरूबीच आउदो हिउँदे अधिवेशनमा टीआरसी विधेयक संसद्मा प्रस्तुत गर्ने पनि सहमति भएको बताईएको छ ।

“पीडितमैत्री कानुन बनाउने हो भने तत्काल अघि बढोस् । आउँदो हिउँदे अधिवेशनमा भिक्टिमले न्याय पाएको अनुभूति गर्ने गरी कानुन बन्ने हो भने नेकपा एमाले यही कुरा भनिरहेका छौँ । सरल ढंगले अघि बढ्छ ।
सकारात्मक निष्कर्ष भनेको आगामी संसद्को अधिवेशन विषय लैजाने र केही दिनमा पुनः शीर्ष नेताहरूको छलफल हुने भन्ने निष्कर्ष छ,“ बर्तौलाले भने ।
सचेतक बर्तौलाले आउने संसद्मा विधेयक प्रस्तुत गर्नका लागि शीर्ष नेताहरू एकजुट भएर संवादमार्फत विषय टुंग्याउनु राम्रो कुरा भएको बताए ।