विप्लव, नेकपाको बर्दिवासमा मसाल जुलुस

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबार साँझ महोत्तरीको बर्दिवास ८ हाथीलेटको क्वाटरमा मसाल जुलुस निकालेको छ।

तीनबुँदे सहमति र राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्याएको अध्यादेश कार्यान्वयनको माग गर्दै सो पार्टीको जिल्ला कमिटी महोत्तरीले मसाल जुलुस निकालेको हो।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग तीनबुँदे सहमति गरेको भएपनी सहमति भएको लामो समय बितिसक्दा समेत राज्य पक्षले कार्यान्वयन नगरेको भन्दै त्यसको विरोधमा मसाल जुलुस निकालिएको नेकपा महोत्तरीका सेक्रेटरी आईकन सि ले जानकारी दिए।

तीनबुँदे सहमति कार्यान्वयन गर्न दबाबस्वरुप मसाल जुलुस गरिएको उनको भनाई छ।

सरकारले  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको कार्यकर्तालाई आममाफी दिन अध्यादेश राष्ट्रपति कार्यालयमा अनुमोदनका लागि पठाएकोले सिघ्र उक्त अध्यादेश निशर्त अनुमोदन गर्नुपर्ने उनको माग रहेको छ।