रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौ
रवीन्द्र मिश्र आज दिउँसो १ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्दै छन् । पार्टी प्रवेश राष्ट्रिय सभागृह काठमाडौंमा हुने भएको छ ।

रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

मिश्रले राप्रपाको कुन पद पाउने भन्ने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन । तर उनी तेस्रो वरियतामा रहने सम्भाबना छ ।

मिश्रले सामाजिक सन्जालमार्फत् केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुने र तहगत मिलानका लागि एउटा समिति पनि बन्ने बताएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...