बर्दिवास,वैशाख १७ गते ।
अनिता भुजेल-
बृद्ध आश्रममा मनमाया आमा अरु दिन भन्दा खुशी र फुरुङ हुनुहुन्थियो छोरा भेट्न आउछ रे छोरा संग भेट हुन्छ रे आज मातातिर्थ औँसी आमाको मुख हेर्ने दिन हो । दशै देखी यता छोराको मुख देख्न पाकी छैन नानी भन्नुहुन्थियो। ज्वरोले सताईराको थियो तैपनि छोरा मलाई पहीराउन आउछ भनेर सकिनसकी नुहाउनु भयो । आश्रमका अरु बुवाआमालाइ आ आप्ना छोराछोरीले १ दिनको लागी घर लिएर जान्छन । छोराछोरी नभाका आमा बुवालाई आश्रमले बाहिर घुमाउन लिएर जान्छ ।
तर मनमाया आमा कतै जान माननु भएन छोरा आउने आाशमा । आश्रमको गेटमा बसेर बाटो हेरी राख्नुभयो । दिन ढल्यो तर छोरा आएन । नुहाएर होला ज्वरोले झन सताई रहेको थियो । घुम्न गएका सबै फर्किए । मनमाया आमा अँध्यारो कोठामा सुँक्क सुँक्क गर्दै रोईराख्नु भाको थियो । कोठामा हल्लीखल्ली गर्दै धनमाया आमा र रुपमामाया आमा भित्र पसेर बत्ति बाल्नु भयो । कुनामा बसेर रोइराको देखेर धनमाया आमाले सोध्नुभयो सन्चो भएन तपाईलाई किन रोई राख्नु भाको‘रु अलि टाउको दुखेर हो खासै केही भाको छैन,, भन्ने जबाफ दिनुभो ।
अरु दिन त साँझै नपरि साँझ बत्ति बाल्नु हुन्थियो आज त अँध्यारो हुँदा पनि बत्ति बाल्नु भएन । मनै अँध्यारो भए पछि बाहिरी अँध्योले फरकै पारेन । अनी छोरा भेट्न आएन ।। छोरा भन्ने बितिकै मनमाया आमा झन भक्कानिन थाल्नुभयो र टाउको हल्लाउदै रुदै भन्नुभयो अँहहह आएन ‘।।चाउरी परेको गालाका कुलेसोबाट आँसु बगिरहेको थियो धेरै बेर सम्म बगिरह्यो
दुईजना आमाले धेरैबेर सम्म सम्झाए आमाको मन न हो बर्खे झरी भैरहेको थियो । सानत्वनाको लागी दुइटै आमाले आप्नो कहानी पनी सुनाए ।।दिनभरुको छोराको पर्खाईको थकाई खुइइ‘। गर्दै लामो सुस्केरा हाल्दै भन्नुभो त्यो जन्मदा म मरेर बाचेको रगतको कमी भएर अर्काको रगत लिनु परेको थियो ,, हुनत त्यसकै मायाले बचायो मलाई त्यसैको मायाले बाचीराछु पनि ,, यस्का बुवा पनि परदेशमा बस्नुहुन्थियो २ र३ बर्षमा एक चोटी आउनुहुन्थियो ।
चैत्र बैशाखको गर्मीमा गम्छाले घाम छेकेर, पटुका डोकामा ओछयाएर डोका भित्र सुुताउँथे र म मकै गोडथे । जताको मेलापात गएपनि संगै लिएर जान्थे र छेउमा डोकामा सुताउथेँ । धेरै दुखले हुर्काए , बढाए, पढाए ,,हुन त उस्ले पनि दु। ख सहेर पढ्यो ।आज ठुलो मान्छे बनेको छ गाउँको जेथो बेचेर शहर पसियो । एस्का बा मरे की बाचे केहि थाहा छैन । उ सबैको हाइ हाइती भएको छ ,,,आप्नै खुशीले बिहे गर्यो बुहारी पनि जागीरे छिन । बोर्डस हाले एउटा नाती छ । मलाई हजुर ममी भन्छ । राती अबेर सम्म आमाहरुको गन्थन चलिराको थियो ।
एका बिहानै उठ्ने बितिकै मनमाया आमा एक पटक गेटमा छोरा आको छ की भनेर हेर्न आउनु भो । आमा गेटमा आउनु पनि टुप्लुक्क छीमेकी रामेश्वर सिँह आइपुगेका रहेछन । एउटा झोला र एउटा चिठी थमाइ भने यो हजुरको छोराले पठाउनु भाको । मेरो अफीस जाने बाटो यहि पर्छ ।
चिठी पाउन साथ आमाले मलाई पढ्न दिनुभो चिठीमा यस्तो लेखिएको थियो‘‘।
आदरणिय आमा सादर ढोग
आमा आज भोली त म यहाँ धेरै बेस्त छु । तर सन्चै छु । तपाइपनि आरामै हुनुहून्छ होला ,,हिजो म आउछु भनेको थिए एउटा अर्जेन्ट मिटिङमा जानु पर्यो । आउन पाइन निरु पनि माइत गाकीछीन । आज बिहान रामेश्वर काकालाई फलफुल मिठाइ कपडा पठाएको छु लाउनु खानु है ‘ म कुनै दिन शनिबार पारेर आउछु अनि मेरो पिर पनि नलिनु । आप्नो ख्याल गर्नु होला ।
उहि तपाइको छोरा
सौगात काफ्ले।
चिठी पढी सकेर आमालाई हेरे आमाको आँखा ताल बनि सकेको थियो । मैले भने न रुनु न मनमाया आमा दाई आउँछु भननुभाको छ त,,आमाको नाम लिएर आमा भनेर मैले बोलाउदा आमा हाँस्नु हुन्थियो । नानी मलाई मेरो नाम लिएर आमा किन भन्छौ आमा मात्र भन । नाई मत नाम लिएरै आमा भन्छु नभए त तपाई आप्नो नाम बिर्सिनु हुन्छ त ‘सधैअरुलाई मात्रै चिनेर भयो आफुले आफुलाई चिन्नुपर्यो नी । यत्रो गीता पढ्नुहुन्छ ,खै बुजेको मनमाया आमाा भन्दै लेग्रो ताने ।
‘ आमाले एकछिन भए पनि आप्नो पिर भुलेर हाँस्नु भयो ।
नानीको घर कहाँ होरु आमाको प्रश्न थियो मलाई मेरो घर छैन आमा ९ बर्ष सम्म अनाथ आश्रममा बसेको थिए । त्यस पछी फुपु काहाँ बसे ।। फुपुले गाली गर्ने पिट्ने गर्नु हुन्थियो त्यसैले म भागेर यहाँ आइपुगे मेरो आमा बुवा को हो ? मलाइृ थाहा छैन सानोमा आमा बुवाको माया पनि पाइन त्यसैले त धेरै आमा बुवाको माया पाउन यहाँ आएको छु त।। भन्दै फेरी लेग्रो ताने ,,,अनि कती पढेकी छौँ ? ९ कक्षामा पढदै थिए । अब पढ्नु पदैन ? पढ्दीन यहि बस्छु हजुरहरुको सेवा गरेर ।
मेरो कुरा सुुने पछी मनमाया आमा लाई के भयो कुन्नी टोलाउन थाल्नु भयो के सोच्नु भयो मलाइ थाहा भएन । मेरो पनि मनमा धेरै प्रश्नहरु थिए आमाको छोरा प्रती को माया ,, आमाबुवा मरेपछि दागबती दिन मात्र जन्मेका हुन छोरा ? १० महिना पेटमा बोकेर हरेक बेदना सहेर जन्मायो,हुर्कायो बढायो ,पढायो बृद्ध अबस्थामा आमा बुवालाई बृद्धा आश्रममा राख्नु छोराको कर्तब्य हो ?
यस्तै प्रश्नमा रुमली रहेको थिए मनमाया आमाले ठुलो स्वरमा नानी भनेर बोलाउनु भयो । म झँसंग भए ,, कीन आमा मेरो छोरालाई एउटा चिठी लेखिदेउन ल . मैले पनि हुन्छ भने तर लेख्न सकुलाकी नसकुला आमाले छोरालाई आप्नो बेदना पोख्नुहुन्छ होला म ति शब्दलाई लेख्न सक्छुकी सक्दिन भन्ने डर थियो । र कापेको आवाजमा सोधे के लेखुँ आमा ‘‘आमाले यस्तो भन्नुभो,,,
बाबु‘‘‘ अब त म कतिन दिन बाचौँला र ????? म रहे पनि न रहे पनि तिमीले सधै यसरी नै प्रगती गर्दै जानु अगाडी बढदै जानु ‘।।है‘‘ । म त डाँडापारीको जुन भैसके कति खेर अस्थाँउछु थाहा छैन अस्थाउनु भन्दा अगाडी एक चोटी तिम्रो मुख हेर्न चाहन्थे मिल्यो भने एक चोटी चाँडै आइदेउ है ‘।मेरो शुभ आशिष सधै तिमिलाइ छ ।
उहि तिम्री आमा
मनमाया काफ्ले