नेपालको यू-१८ महिला टोली यतिबेला साफ च्याम्पियनसिपको तयारीमा छन् । उमेर समूहको महिला फुटबल विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन -साफ)ले सन् २०१८ देखि सुरु गरेको यो प्रतियोगिताको तेस्रो संस्करण भारतमा हुन लागेको छ ।यसपल्ट यू-१८ साफ च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशमात्र छन् । तीन टोलीबीच डवल राउण्ड रोविन प्रणालीअनुसार लिग खेल सन्चालन हुनेछ । लिगको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । भारतको जम्सेदपुरमा चैत १ देखि १० गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ ।
लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक टिम भारतसँग खेल्ने नेपाली टिमको तयारी भने निकै फितलो छ । नेपालले फागुन ११ गतेदेखि मात्र बन्द प्रशिक्षण सुरु गरेको हो । प्रारम्भिक सूचीमा परेका ४० मध्ये एक साताको तयारीपछि ३० जनामा झारिएको छ । टिमले लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको मैदानमा प्रशिक्षण गरिरहेको छ । दर्शन भक्तराज लावत र राष्ट्रिय टोलीकी पूर्व भगवती भगवती थापाले प्रशिक्षण दिइरहेका छन् । सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताकोसेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो ।
कोरोना महामारीका कारण सन् २०२० मा प्रतियोगिता हुन नसकेपछि एक वर्षपछि यू-१९ साफ च्याम्पियनसिपको नाममा आयोजना भयो । राउण्ड रोविन प्रणालीमा पाँच देशबीच प्रतिस्पर्धा हुँदा नेपाल तेस्रो भयो । फाइनलमा पुग्न सकेन । यसपालीको समेत गरी तीन संस्करणमा साफले तीन फम्र्याटमा प्रतियोगिता आयोजना गर्न लागेको छ ।