प्रचण्ड र नेपालको प्रधानमन्त्रीलाई चेतावनी-‘संसद्मा एमसीसी पेश गर्न जबर्जस्ती नगर्नुस् गठबन्धन भत्किन्छ’

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुबीच अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को बिषयमा घनीभूत छलफल भएपनि छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।
एमसीसी पास वा फिर्ता पठाउने भन्ने विषयमा निष्कर्षविहीन छलफल टुंगिएको हो । दुई नेता एकातिर र प्रधानमन्त्री शेरबहादुर देउवा अकातिर भएरै छलफल टुंगिएको बालुवाटार स्रोतले जनाएकोछ ।

प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति देउवाले अब ढिला नगरी एमसीसी संसद्मा पेश गर्नुपर्ने भनेका थिए । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा एमसीसी पेश गर्न नहुने अडान राखेका थिए ।

प्रचण्ड र नेपालले संसद्मा एमसीसी पेश गर्नुअघि दलहरुबीच साझा धारणा बनाएर जानुपर्ने अडान राखेका थिए । साथै, स्थानीय तहको निर्वाचनपछि मात्र एमसीसीको विषयमा अघि बढ्न सकिने दुई नेताको भनाइ थियो ।

तर, प्रधानमन्त्री देउवाले भने संसद्मा सबै दलको धारणा बुझ्न एमसीसी पेश गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले छलफलमा पटक पटक संसद्मा एमसीसी पेश गर्नुपर्ने भनेपछि यसरी जबर्जस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ दुई नेताले चेतावनीसमेत दिएको बताइन्छ ।

दुई नेता एकातिर र प्रधानमन्त्री देउवाको अडान अकातिर भएपछि शनिबारको बैठक निष्कर्षविहीन सकिएको छ ।
एमसीसीको विषयमा बैठक पुनह बस्ने बताइएको छ ।