आज्ञा खवर
वर्दिबास
वर्दिवास क्षेत्रमा भईरहेको र आगामि दिन हुन नदिन वर्दिबासका सचेत युवाहरुले खवरदारी र्यालि निकालेकाछन् । वर्दिवास स्थित साझा सहकारीको प्राङ्गणवाट शुरु भएको र्याली वर्दिवास वजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । वर्दिबास वजार, नगरपालिकाको कार्यालय, मालपोत, नापी, खानेपानि, प्रशासन कार्यालय तथा यातायात कार्यालयहरुमा युवाहरुले प्रदर्शन गरेका थिए । भ्रष्टारीलाई कारवाहि गर, सुशासन कायम गर, भ्रष्टाचार वन्द गरौ, युवा खवरदारी जारी राखौ जस्ता नारा लेखिएका प्ले कार्ड वोकेर युवाहरु खवरदारिमा उत्रि एका थिए । खवरदारी सभामा युवा अभियान्ता कपिल रिसालले भ्रष्टाचारको विरुद्ध आवाज उठाउदाँ हामिमाथि मुद्दा मामिला गर्ने जस्ता धाक धम्कि आएकोले हामि त्यसको पनि सामना गर्दै आन्दोलनलाई जारी राख्ने वताए । वर्दिवासका सवै सरकारी, सार्वजनिक संघसंस्थाहरु आर्थिक रुपमा पारदर्शि हुनुपर्ने अभियानका युवा सुगम पौडेलको भनाई छ । हरेक निकायहरु पारदर्शि हुनुपर्छ । आम्दानि खर्च सार्वजनिक रुपमा जस्ताको तस्तै देखाउनु पर्ने वताए ।

भ्रष्टाचार रोक्नुपर्नेमा सवैको एकमत भएपनि समाजमा त्यसको कमि भने भएको देखिदैन । सामाजिक परीक्षण गर्ने परीपाटि सवै संस्थाहरुले गरेमात्र पनि धेरै हदसम्म भ्रष्टाचार न्युनिकरण हुने जानकारहरु वताउछन् । सरकारी र गैर सरकारी संस्थाहरुमा देखिने र नदेखिने गरी भ्रष्टाचार अत्यधिक रहेको तथ्यांकले देखाउछ ।
