निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका भएर बग्ने बिभिन्न नदीको बिपद ब्यवस्थापन समिती महोत्तरीले अनुगमन गरेको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल अध्यक्ष रहेको बिपद ब्यवस्थापन समितिको टोलीले बर्दिवास नगरपालिका भएर बग्ने बिभिन्न नदीको मंगलवार अनुगमन गरेको हो ।
अनुगमनमा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री, महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने प्रहरी उपरीक्षक नहकुल पोखरेल, लगायत सञ्चारकर्मी रहेको बिपद ब्यवस्थापन समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले जानकारी दिए ।
अनुगमनको क्रममा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी बालुवा) को समयमै उत्खनन तथा उचित ब्यवस्थापन नहुँदा खोलामा जोखिम बढेको देखिएको छ ।
खोलानालालाई सभ्यता मान्ने समुदाय, संरक्षणकर्मी र त्यही सभ्यतामा आश्रितहरूबाट नदीजन्य पदार्थ उत्खननबारे विरोधको आवाज सुनिंदै र देखिदै आएको छ ।
तर बर्दिवासको राजमार्ग छेउका बाँके,मरहा,बेलगाछी,अटबेलगायतका खोलाहरुमा मापदण्ड अनुसार समयमै उत्खनन नभएकै कारण हरेक पटक बाढीले बगाएर ल्याएको नदिजन्य पदार्थ खोलाको सतह बाट जमिन भन्दा पनी माथी आउनाले खोलामा यातायातकालागी बनाईएको पुल समेत भत्कन सक्ने जोखिम एकातिर बढेको छनै अर्काेतिर यस्ता नदीहरुको निकासी ठेक्का नगरपालिकाले नलगाउँदा नगरको ठुलो आन्तरीक राजस्व गुमेको छ। अहिले देशब्यापी रुपमै नदी उत्खननको समस्या विरोध र विवादको शृङ्खलाको रुपमा चलिरहे पनि समाधान निस्किन सकेको छैन । समाधान खोज्न समस्याको वस्तुनिष्ठ पहिचान हुनुपर्छ ।
हाम्रो समाजमा नदी उत्खननलाई विकृतिको रूपमा हेरेर यसलाई बन्द गर्नुपर्छ भन्ने आवाज उठ्दै आएको छ । तर बन्द गर्न त्यति सजिलो छैन । किनकि, सडकदेखि घर निर्माणसम्मका काममा नदीजन्य पदार्थ नभई हुँदैन । एक भाग सिमेन्टलाई पाँच भाग नदीजन्य पदार्थ आवश्यक पर्ने अनुमानको आधारमा हेर्दा नेपालमा वार्षिक करीब सवा दुई करोड घनमिटर नदीजन्य पदार्थ आवश्यक पर्ने देखिन्छ । अहिले हरेक स्थानमा बजारमुखी अर्थतन्त्रमा माग भएपछि बजारले आपूर्तिको स्रोत खोज्नु सामान्य हो । नदीजन्य पदार्थको आपूर्तिका लागि खोलामा भएको सामग्रीको सङ्कलन, प्रशोधन र आपूर्ति सबैभन्दा सहज तरिका हो । अझ, नजिकैको नदीजन्य पदार्थ ल्याउन सके ढुवानी खर्च कम पर्छ र ग्राहकले सस्तोमा सामान पाउँछन्। त्यसैगरी समयमै तोकिएको मापदण्ड अनुसार उत्खनन भएन भने त्यसले जोखिम पनी त्यतिकै निम्त्याउ छ ।
तर, नदीजन्य पदार्थ चाहिन्छ भन्दैमा अबैध र अनियन्त्रित रूपमा गर्ने उत्खनन् र त्यसबाट पर्ने दुष्प्रभावलाई बेवास्ता गर्न हुदैन ।
नदीजन्य पदार्थको अत्यधिक उत्खनन् र सङ्कलनले वातावरणीय तथा अन्य पक्षमा क्षति पु¥याउँछ । यस क्रममा कतिपयले सङ्कलन निषेध नै गर्नुपर्छ भन्ने धारणा राख्ने गरेका छन । तर, सङ्कलनमा गरिने निषेधले विकास–निर्माणमा पर्ने प्रभाव बिर्सन हुँदैन । नदीजन्य पदार्थको उत्खनन पुर्ण रुपमै रोकिएमा त्यबाट हुन सक्ने जोखिमलाई दीर्घकालीन ढङ्गले व्यवस्थापन गर्नु महत्वपूर्ण हुन्छ । तर, हामीकहाँ विरोधका आवाज उठ्दा उत्खननमा बन्देज लगाउन निर्देशन दिएर तत्काललाई मुख बन्द गर्ने काम मात्र हुने गरेको छ ।
निषेधले समाधान नदिने भएकाले व्यवस्थित सङ्कलन नै उत्तम उपाय हो ।