स्वास्थयकर्मीको प्रत्यक्ष निगरानीमा बर्दिवासमा हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाईने

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान अन्तरगत महोत्तरीको बर्दिवास नगरपालिका भित्र रहेको नागरिकलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधी खुवाइने भएको छ ।
यहि बैशाख १६ गते देखी २६ गते सम्म तथा औषधि खुवाउन छुटेका नागरिकलाई बैशाख महिना भरीनै राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत औषधि खुवाईने बर्दिवास नगरपालिकाको स्वास्थ्य शाखाले बुधवार पत्रकारसंग गरीएको आम औषधि सेबन अभिमुखिकरण कार्यक्रममा जनाएको हो ।
औषधि बर्दिवास नगरपालिका भित्र रहेको सामुदायिक,संस्थागत बिद्यालय,सभा,सम्मेलन उत्सब महोत्सव सार्बजनिक स्थल लगायत प्रतेक घर,घरमा स्वास्थ्यकर्मी पुगेर खुवाईने बर्दिवास नगरपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश पासवानले जानकारी दिए ।
क्युलेक्स, एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीले सार्ने यो रोग शरीरको कुनै एक भाग वा अङ्गमा लाग्ने र त्यो अङ्ग सुनिँदै जाँदा यो हात्तीपाइले रोगको लक्षण देखा पर्ने गरेको चिकित्सकको भनाई रहेको छ ।
नगरपालिकाको १४ वटै वडाका स्वास्थ चौकीमा कार्यरत स्वास्थकर्मी स्यम सेबिकाहरुको टोलीले २ बर्ष देखी माथीका सबैलाई औषधी सेवनगर्ने मापदण्ड अनुसार हाईट नाप जाँच गरेर आफ्नै निगरानिमा औषधी खुवाईने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यो औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला , सात दिनको सुत्केरी र सिकिस्त बिरामीले खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ । साथै खाली पेटमा पनि यो औषधि सेबन नगर्न समेत आग्रह गरिएको छ ।

शरीरमा हात्तीपाइले रोगको जिवाणु रहेका व्यक्तिले औषधि सेवन पश्चात् सामान्य केही लक्षण देखिने हुँदा न आत्तिन पनि आग्रह गरिएको छ । नेपालमा सन् २०१२ बाट हात्तीपाइले विरुद्धको औषधि खुवाउन शुरु गरिएको हो । देशभर कूल ७ जिल्ला तथा मधेश प्रदेशको ४ जिल्लामा हात्तीपाइलेको प्रभाव देखिएकोमा महोत्तरीमा समेत जोखिम कायमै रहेकोले योबर्ष समेत औषधि खुवाउन लागिएको बताईएको छ । हात्तीपाइले रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग लागेको ६ देखि १० वर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोगलाग्नु भन्दा अघि नै औषधि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव रहेको छ ।

हात्तीपाइले रोग शारीरिकरुपता अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने स्वास्थकर्मीहरुले बताएका छन् ।