ईतिहासलाई नै वङ्ग्याएको वर्दिवास ज्ञानमाला पुस्तक सच्याईदै

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास

महोत्तरीको बर्दिबास नगरपालिकाले बर्दिवासको ईतिहास वङ्ग्याएर
बालबालिकालाई पठनपाठन गरााउदै आएको वर्दिवास ज्ञानमाला पुस्तक सच्याईने भएको छ ।
नगर शिक्षा समिती बर्दिवासको गएको असोज ५ गते को बैठकको निर्णय अनुसार सो पुस्तक सच्याईने बर्दिवास नगरपालिका शिक्षा शाखाका अधिकृत गणेश प्रसाद दहालले जानकारी दिए ।
स्थानिय बिषयको बर्दिवास ज्ञानमाला कक्षा ७ को एकाई ४ को पाठ ४.३ बर्दिवास एक ईन्द्रेणी समाज पाठ शिर्षकको पेज नम्बर ७३ मा बर्दिवास नगरपालिका अन्तर्गत बसोवासगर्ने मुख्य जातजाती मध्ये मगर ,ठकुरी र भुजेल जातीको नाम र पहिचान छुटेको हुँनाले त्यसलाई यसै शैक्षिक सत्रमा सच्याउन नगर क्षेत्र भित्रको सरकारी तथा सामुदायिक बिद्यालयलाई पत्राचार गरीएको दहालको भनाई छ ।

उनका अनुसार पाठयक्रममा छुटेका जातजाती र तिनको पहिचान आगामी शैक्षिक सत्रको पाठयक्रममा समाबेश गरेर पुस्तक छापिने निर्णय गरीएको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा ५ तथा शैक्षिक सत्र २०८० मा कक्षा ७ सम्म ब

र्दिवासका सरकारी तथा सामुदायिक बिद्यालयमा बर्दिवास ज्ञानमाला पठनपाठनमा ल्याईको हो।
स्थानिय जातजातीको ईतिहास तथा पहिचान समाबेश गरीएको भनिएको सो पुस्तकमा बर्दिवासका मुख्य आदिवासी रैथाने जातजाती नै छुटाएर यहाँको ईतिहासलाई तोडमोड गर्दै त्रुटिपुर्ण पुस्तक प्रकाशनगरी पठन पाठन गराईरहेको देखिएको छ।


विक्रम संमवत १९८४ सालमा श्री महाराज ३ सरकारले तराईको चारकोसे झाडीलाई फडानी गर्ने ,खाली भएको जमिनमा वस्ति वसाल्ने र खेतीपाती गरेर उत्पादलाई वढाउने घोषण गरेका थिए ।
तत्कालीन सरकारले सोही अभियान अन्तरगत वर्दिवास वरपर पर्ने घना जंगल फडानी गर्न श्री ३ महाराज वहादुर शमशेरको नेतृत्वमा विक्रम सम्वत १९८५ मा यस क्षेत्रको जंगल फडानी भएको थियो ।
तीन चरणमा भएको फडानी मा रामनगर ,हाथीलेट भरतपुर गौशाला गरि पहिलो चरण , वर्दिवास ,पशुपतिनगर किसाननगर , विजलपुरा दोस्रो चरण र गौरीवास,माईस्थान,खयरमारा लगायत क्षेत्रको फडानी तेस्रो चरणमा भएको यस क्षेत्रका ईतिहास बिधहरुको भनाई छ ।
यस क्षेत्रको जंगल वहादुर शमशेरको नेतृत्वमा फडानी भएको हुनाले यस ठाउँको नाम पनि वहादुरगंज भनेर नामाकरण गरिएको हो ।
महोत्तरी जिल्लाको भुमिसुधार कार्यालय र मालपोत कार्यालयको श्रेष्ता र लालपुर्जामा समेत अहिले पनि बर्दिवासको नाम वहादुर गंज वाट उल्लेख भएको पाईन्छ ।
तत्कालिन समयमा यस भेगको जंगल फडानी गर्ने जिम्मा पाएका मगरहरु प्रय उदयपुरवाट झरेका हुन । त्यस समयमा स्थानीय गाउँ पंचायतको जिम्दार पटुवारी पाएका मगर,ठकुरी र व्रामहणहरु अलिक वढी जिम्मेवार भएको ईतिहासमा उल्लेख गरीएको पाईन्छ।
राष्ट्रिय सुरक्षा र दक्षिण वाट सिमा अतिक्रमण हुने डरले तत्काल राजा महेन्द्रले समेत उक्त अभियानलाई निरन्तरता दिदै गएको इतिहासकारहरुको भनाई रहेको छ ।
त्यस समयमा औलो लाग्ने डरले प्राय पहाड वाट मानिसहरु तराईमा वसाई सराई गर्न मान्दैनथे । यस भेगमा मधेसीहरुको संख्या प्राय शून्य नै थियो ।
यो भेगमा जंगल फडानी गर्न विशेष गरेर उदयपुरका बहु संख्याक मगर र ठकुरी आएका हुँन ।
त्यसैगरी सिन्धुली ,काभ्रे र सिन्धुपाल्चोक वाट समेत केही तामाङहरुले भिषण रुपमा जंगल फडानी गर्दै यस ठाउँमा ठुला ठुला वस्ती वसालेका हुन ।
अहिले पनि रामनगर, गौशालाको उत्तरी भेग,हाथिलेट किसानगर पशुपतिनगर माईस्थान वर्दिवास लगायत क्षेत्रमा पर्ने ठुला ठुला मगर वस्ती वर्दिवासको ,ठकुरी वस्ती तामाङ्ग वस्ती सम्वन्धीत समुदाय र व्यक्तिको नामवाट नामाकरण भएको पाउन सकिन्छ ।
वर्दिवासको ईतिहाँस तयार पार्दा मगर,भुजेल र ठकुरीलाई हटायौ भने यहाँको ईतिहास नै कुरुप वन्ने नेपाल मगर संघका केन्द्रिय सदस्य दिलबहादुर किङ्गरीङ्गको भनाई छ।
कक्षा ७ को बर्दिबास ज्ञानमाला पुस्तक (स्थानिय बिषयको पाठ्यपुस्तक) को बर्दिबासः एक इन्द्रेणी समाज पाठ ४.३ को पेज नं ७३ मा यहाँका बसोबास गर्ने मुख्य जातिहरुमा ब्राहमण,क्षेत्री, थारु, तामाङ,यादव,नेवार, माझी, महतो, मुसहर, दनुवार, पाहाडी दलित आदि हुन् भनि उल्लेखित छ। तर २०७८ को जनगणना अनुसार बर्दिबास न.पा.को दोश्रो ठुलो जनसंख्या ओगटेका मगर जातिको बारेमा उल्लेख नगर्नु बर्दिवास नगरपालिकाको शिक्षा शाखाले गम्भिर लापर्वाही गरेको देखिएको छ ।
पुस्तकको लेखक र सम्पादकले सत्य तथ्य मोडेर बालबालिकालाई भ्रमित पार्ने, गलत परिचय सिकाउने तथा मगर जातको पहिचान लुकाउने काम गरेको मगर संघ महोत्तरीको ठहर छ ।
बर्दिवास नगरपालिकाले पाठ्यपुस्तक जस्तो आधिकारिक सिकाइ सामग्रीमा यस्तो लापरवाहि वा द्वेषपूर्ण कार्य सच्याउन गरेको निर्णयले बर्दिवासको सभ्यता र संस्कृती लाई जोगाउन मदत पुग्ने
मगर अधिकारका अभियान्ता रामकुमार सुस्लिङ्गको भनाई छ ।

२०७८ को जनगणनाको तथ्याङ्कको आधारमा यस न.पा.मा सबैभन्दा बढि जनसंख्या रहेका तीन जाति क्रमशः कोइरी(कुशवाहा) १४.५%, मगर १३.५%, क्षेत्री ११.५% रहेका छन।