फागुन ९,बर्दिवास ।
अनिता भुजेल
गाँउ देखी शहरसम्मका धेरै आफन्त र नातागोताको समबन्धको पहरो तान्दै साथी आफन्त बन्ने पनि धरै भेटिए । तिम्रो लागी सकेको सहयोग गर्न तम तयार छु भन्ने गन्यमान्य देखी नेता सम्म धेरै देखिए भन्थिन पुजा ,,,,,,,त्यहि चिनारीको भिडमा म पनि उनको साथी बन्न पुगे ।राजधानीमै भेट भाको उनि लमजुङ की थीन म महोत्तरीको माइक्रोमा हाम्रो भेट भयो महाराजगन्जमा ।हेर्दा पातली गोरी मिठो मुस्कान एउटै सिटमा थियौँ । बोलाइली रहिछिन तपाइ कहाँ ओर्लिने भनेर प्रश्न गरिन,,,म पनि कम थिइन भनिहाले लगनखेल अनि तपाइ नि ? उनले जबाफ दिइन सेम प्लेस ,,मैले पनि ओ…. भने हाम्रो यात्रा लगनखेलसम्मको थियो ।
सधै माइक्रोको भिडमा कोहि कसैसंग बोल्दैन थिए । सबै चुपचाप बस्थे मलाइ लाग्थीयो । यो माइक्रो चढ्दा अबधीको कानुन हो । किनकि राजधानीको लागी म नयाँ थिए । पहिलो पटक यती राम्री केटि म संग बोल्दा म त मख्ख परे । अनि त प्रश्न फालीहाले लगनखेलमा रुम हो ? होइन आफन्त लाई भेट्न आको गाँउको फुपु यता बस्नुहुन्छ । ए… अनि के गर्नुहुन्छ तपाई ? मेरो अर्को प्रश्न थियो उनको लागी अलि भन्न नचाहेको जस्तो पारामा भनिन बस्त्रालयमा काम गर्छु । नचाहेरै भएपनि साचो र सत्य कुरानै बोले जस्तो लाग्यो । नभएत पलपलमा झुटो बोल्ने र फट्याही गर्ने मान्छेको कमि त थिएन राजधानीमा ।
लमजुङमा के काम गर्नुृृ हन्थियो ? सामुदायिक रेडियोमा काम गर्थे । अनि यता आएर पनि रेडियो तिरै ट्राई गर्नु भएको भए हुनथियोनी त । नगरेको त काहाँ होर गरेको यताका ठुला रेडियोमा सोर्स नपुग्ने साना रेडियोको अबस्था गाँउको जस्तै बाच्नै गारो गारो पर्ने राजधानी आको ३ महिना सम्म बेरोजगारी नै बस्नु पर्यो । पछि माछा पोखरीमा एउटा बस्त्रालयमा काम गर्न थाले । कति भयो त्यहा काम गर्न थाल्नुभाको ? ३ महिना हुन थाल्यो ।(हामीले यसरी कुरा गदै जादा माइक्रोका अरु मानिसले हामीलाई हेदै थिय । सायद हाम्रो कुराले उनिहरुलाई झर्को लागीरहेको थियो होला । )उता खलासी भाईले माइक्रोमा पेसेन्जर गुन्द्रुक कोचे झै कोच्न थाल्यो ।
सीटमै बसे पनि कोचाइमै थियौ ँ हामी पनि । यदी साग हुन्थियौँ भने त निकै अमिलो मिठो गुन्द्रुक नै बन्थियौँ होला हैे पुजा भनेको उनले मज्जाले आफनो दन्त्य लहर देखाइन । म पनि हाँसे उनि संगै ।धेरै भिडले गर्दा हामी पनि बोलेनौ लगनखेल पनि चाँडै आयो । हामी दुबै जना माईक्रोको भिडलाई थिचोल्दै झयोैँ ।पुजाको मुहारमा एक्कासी निराशा मडारीएको देखीयो । मैले भने ढिला भाको छैन भने मेरो रुम तिर जाँउनत । को को हुनुहून्छ रुममा ? अहिले त म एक्लै हो जाँउन ? हुन्छ भन्दै हामी रुम तिर लाग्यौँ ।पाचौँ तल्ला सम्म पुग्दा त थकाईले भतक्कै भाकी थिन पुजा बेलाबेलमा सिडीमा थकाइ मार्दै पुग्यौँ ।
पढाई, गाँउ घर तिरको कुराकानी, काम परिवारका बिषयमा कुरा गर्दै चिया पकाउन थाले । एकै छिनमा पुर्णिमा जस्तो मुहारमा कालो बादलले ढपक्क छायको देखे अनि मैले पनि मधुर स्वरमा सोधे तपाईलाई केही समस्या छ हो । मनको पिडा पोख्यो भने हल्का हुन्छरे । हुनत म तपाइको पिडा समाधान गर्नत नसकुला भन्नुस न सकेको कोसिस भने गर्नेछु ।खै के भन्नु बाहिर त हाँस्छु तर मनमा मृत्युको पिडाले पलपल मारीराछ म अभागी संग यस्तै हुनुपर्ने हो भन्दै आँसु पुछ्न थालिन । उनि रोको देखेर मेरो मन पनि तितो भएर आयो । मैले उनलाई केहि भन्न सकिन सरी भनेर म पनि मौन बसे । निकैबेर पछि उनले भनिन मेरो मुटुमा छेद छ ।
छेद भाको मुटु लिएर बाचिरहेको छु । दबाइले नी कतिन्जेल बचाउन सक्लार ? पलपलमा मर्दाको पिडा खेपी रहेकीछु । उनको यस्तो कुराले म स्तब्ध भए । कसरी यस्तो भयो ? भन्ने प्रश्न गरेछु क्यारे उनले जवाफमा के गर्नु रोग ,पिडा भन्ने कुरा बाजा बजाएर आउन्न रहेछ । काठमाडौँ ठुलो शहरमा आएर केहि गरौला भन्ने सोच पनि अधुरै रह्यो आवाजको दुनियामा अगाडी बढ्ने सपना पनि पलभरमै खरानी भयो ।अमरले पनि मलाई ६ महिना अगाडी छोडेर गयो । अमर तपाइको ब्वाईफ्रेन हो ? किन धोका देको उस्ले ? धोका दिएको होईन उ यो संसार छोडेर गईसक्यो । उस्को यादमा राम्रो संग रुन पनि पाउदिन म ।
पुजाको हरेक कुराले मलाइ अचम्म बनाइरहेको थियो । मैले सोधे किन र ? उ बाहुन थियो म दलित हामी एक अर्कालाई धेरै माया गथर््यौ । राम्रो जागीर खाए पछि म तिमिलाई लान्छु २..४ बर्ष पर्ख भनेर काठमाडौ गएको थियो । बाइक एक्सीडेन्टमा बित्यो । हाम्रो मायाको बारेमा कसैलाई थाहा थिएन । उस्को लाश घरमा आउँदा उस्को छातीमा टाउको राखेर चिच्याएर रुने मन थियो मलाई लान्छु भन्ने सपना देखाएर बिच बाटोमा छोडेर किन गयौँ भनेर प्रश्न सोध्न मन थियो । उस्लाई छुन त परै जाओस टाडा बाट अन्तिम चोटी उस्को अनुहार पनि हेर्न पाइन । दलित रे म मैले छोयो भने स्वर्ग जाने बाटो बन्द हुन्छरे,,अमर बाचुनजेल मलाई खुशी दिन चाहन्थियो । तर उस्का आफन्तले मलाई तिरस्कार मात्र गरे ।
डाको छोडेर रुन पनि सकिन । भित्रभित्रै एक्लै जलीरहे रोइरहे । अनुहार त चिन्नै नसकिने खतम भाको रैछ भनेर लाश हेरेर आउनेहरुले बाटोमा कुरा गरेको सुन्दा त मेरो स्वाँस नै रोकियो । त्यहि बेहोस भएछु । ६ घण्टा पछि होस आउँदा त म घरमा थिए । त्यतीखेर मलामीहरु फर्किदै थिए । अब अमरले गर्ने माया त म संग रहेन केबल रह्यो उस्को आत्मा र यादहरु मलामीले त अघिनै उस्को शरिर डढाएर आइसकेका थिए ।म पनि मर्न पाए हुन्थियो जस्तो लाग्थियो । तर हामीले बाचा गरेका थियौँ,, यदि हामी समाजका कारणले छुटिनु पर्यो भने पनि छुटिएर बाचौला आत्म हत्या चै नगर्ने है भनेर बाचा गरेका थियौ ।
हामीले आत्महत्या गरेर बुढा भाका बाउआमालाई रुवाउनु हुन्न भन्थियो । त्यतीखेर मर्न पनि सकिन बाँच्ने मन पनि थिएन । मेरो अमरसंग भेट नभाको १ वर्ष भएको थियो । जब अमर बित्यो मलाई गाँउमा बस्नै मन लागेन र म काठमाडौ आए ।६ महिना बित्यो तर यस्तो कुनै दिन र रात थिएन । जुनकी उस्को यादले मलाइ नरुवाकोहोस । उस्को यादमा रुदै बाँच्न सिक्दै थिए ।महिना दिन जती भयो मुटुमा छेद भाको थाहा पाए । सायद अमरसंग चाडै भेट हुन्छ मेरो,, त्यहि भएर होला जिउन भर्खर सिक्दै थिए जिन्दगी नै छोटो भयो । खुशी छु यस कारण की मरे पछि अमरसंग भेट पक्का हुन्छ । तर डर छ यसमा नजिकीएको मृत्युको भएले सताउछ मलाइ । अचानक आएको काल संग डराउने समय नहुदो होला तर आउन लाग्यो काल भनेर थाहा पाउदा निकै डर लाग्दो रहेछ ।
मुटुको धड्कनले कहिले साथ छोड्छ थाहा छैन । तर त्यो दिनको यादले झन धेरै मुटु धड्किन थाल्छ । यसरी पल पल छिद्र मुटु लिएर मरेर बाची रहेको छु । सबैलाई थाहा छ जन्म पछि मृत्यु स्वभाबबिक हो भनेर तर यहि कुरालाई स्विर्कान सबैलाई गारो हुदो रैछ । झन मत चाँडै मर्दैछु भन्ने थाहा भएको मान्छे डाक्टरले नै काटेको स्लिप कार्ड छ । मेरो चाँडै मर्ने दिन आउदै छ मर्न देखि निकै डर लागी रहेछ । कति गारो होला मर्दाको पल अनि मरे पछि अमर संग भेट हुन्छ कि हुदैन होला ? भन्दै एकोहोरो बोली रहेकी थिन यसरी पुजा भक्कानियको देख्दा मलाई पनि एकदम गारो भईरहेको थियो ।
न रुनु भनेर आँशु पुछिदिदै डाक्टरले काटेको स्लिप कार्ड सहि नै हुन्छ भन्ने छैन डाक्टर भन्दा ठुलो भगवान पनि छन संसारमा भनेर सानत्वना दिए । मलाई नी एकदम डरलागी रहेको थियो उनको पिडालाई बल्झाएको थिए । भक्कानिएको बेला मुटु छाम्थीन सायद निकै पिडा भएर होला । खप्न नसकेर हात राखेकी होलिन जस्तो लाग्थ्यो ।उनको दुख सुन्दा सुन्दै झमक्क साँझ परिसकेको थियो। उनि हतारीदै गइन । पुजा त गइन तर उनको ब्यथा जती सबै मलाइ सारेर गइन म पलपलमा उनको बारेमा सोच्न थाले । मैले तुरुन्तै उनलाई कसरी सहयोग गर्ने भनेर आफुले चिनेको डक्टर संग कुरा गरे उनको उपचारमा सहयोगको लागी एन जि ओ हरु संग कुरा गरे ।
रेडियोमा कुरा गरे सरले मलाई उनलाई मेरो नम्बर दिएर भोली रेडियोमा पठाइदेउ यहाँ प्रोग्राम चलाउने लेडिज चाहिरहेको छ भन्नुभयो म त एकदम खुशी भएर यो खुशीको कुरा पुजालाई भन्नु पर्यो भनेर फोन गर्न खोजेको त म त मरे तुल्य भए,,, किनकी मैले पुजाको नम्बर लिनै बिर्सेछु । धेरै थकथक लाग्यो । अब कसरी उनिसंग भेट गर्ने होला भनेर भोली पल्ट लगनखेल चौकमा गएर धेरै बेर सम्म बाटो हेरे तर कतै देखिन ।फेसबुकमा खोजे भेटिन । माइक्रोमा चड्दा सधै पुजाकै याद आउथ्यो उनि संग दोस्रो भेट पनि माइक्रोमै भए हुन्थ्यो जस्तो लाग्थ्यो तर भएन महिना दिन बढी भयो भेट भाको छैन ।
उनि र उनको पिडालाई मैले आप्mनो ठानेछु त्यहि भएर होला । तर उनले मलाई आफनो ठानिनकी के हो ? म संग उनको नम्बर नभए पनि उनले त मेरो रुम देखेकी थिइन रुममा आउन सक्थिन नी तर खै आइनन किन हो के भएर हो ? न अमरलाई भेट्न पो गइन मैले त केहि बुज्न सकिन । यस्तै प्रश्न मनमा सधै आइरहन्छ ।अझै पनि उनि एक दिन मेरो रुममा आउने छिन भन्ने बिश्वासमा छु । पुजा यदि यो लेख पढ्नुभयो भने मलाई भेट्न आउनु है ।