२ फागुन, काठमाडौं
अनिता भुजेल
बिहानको पढाई सकेर कलेजबाट लगनखेल रुम फर्कदै थिए, बाटोमा बुवाको जस्तै अनुहारभएको बालाई देखे खुब बुवाको याद आयो । एक कल फोन गर्नुपर्यो भनेर बुवाको नम्बर डायल गरेको त युरर्स ब्यालेन्स इज गेटिङ लो रे पो भन्यो मिसकल पनि गएन ।काठमाण्डौ पढ्न बसेकी छोरीलाई बुवाले पनि असाध्यै माया गर्ने, मिसकल हाने मात्र पुग्थ्यो । फोन त फर्काई हाल्नुहुन्थ्यो, तर के गर्नु मिसकल नै गएनर पो मार्यो ।
यसो ब्याग हेरेको एक सय,पचास रुपैया रैछ । रीचार्ज कार्ड किन्न गाको पसलमा एक जना दिदि अध्यारो मुख लगाएर आक्रोस पोख्दै हुनुहन्थ्यो । “ कस्तो अशती मान्छे रहेछ बच्चा मात्र मेरो हो, स्वास्नी मेरो हैन पो भन्छ रे ” यस्तो कुरा सुने पछि मेरो पनि पारो ताती हाल्यो । स्वास्नी नभईकन बच्चा मात्र कसरी मेरो भन्यो ? कस्तो उल्झन हो यो ? जान्नको लागी उत्सुक भए ।दीदीको यस्तो कुराले म नि छक्क परे मलाई पनि यस्ता कुरामा चाख बढिनै लाग्छ प्रश्न फाल्नलाई मैले उहाँलाई चिन्नै परेन ।
किन त्यसो भनेको त्यो मान्छेले ? खै मलाई के थाहा भन्नु भयो ।उस्ले भनेको कानले सुन्नु भएको हो ?होइन,, अनि सुत्केरीको श्रीमान के गर्ने हो ? ड्राइभर हो ।अनि सुत्केरी काहाँ हो अहिले ? यहि थापाथली हस्पीटलमा । बच्चाको जन्मेको आज ४ दिन भयो । आमाको अबस्था भने नाजुक छ , हिजो देखी क्रमश सुधार आउदै छ रे डाक्टरले भन्या । अनि तपाई चाँही को हो नी सुत्केरीको ? कोठाको छिमेकी । अनि उहाको श्रीमान हस्पीटल आउनु भएको छैन ? अस्ती आका थिए अब खै भोली आउने भनेकाछन ।
गाडी लिएर नेपालगंज गएकाछन । नभ्याएर न आउनु भएको होला आफनो कानले न सुनी अरुको कुरामा पछि लाग्नु हुदैन ।
एक छिन बसौन ढिलो त भाको छैन नी ? मैले भने छैन । घाम ताप्दै कुरा गदै बसियो । बाहीरी आवरण हेर्दा दिदी एकल महिला जस्तै लाग्यो । मनमा धेरै पिडा लुकाएर हाँस्न खोजे जस्तो गनुहुन्थ्यो । घर परिवार आफन्तको कुरा गर्दा बिरतm माने जस्तै लाग्थ्यो । जिबन देखी भाग्न खोजेजस्तो स्वास चलीरहेको कारणले मात्रै बाँचे जस्तो । कुरा मोड्न खोजे अब केही बेर भोक खप्नको लागी म तयारी भए ।
उहाँको कुरा थाहा पाउनको लागी मैले आफनो बारेमा भाको नभाको कुरा सुनाउदै सामीप्यता बढाउदै गए । आफनो कुरा सुनाउने पालो दिदिको ,मेरो घर नेपालथोक । म एक्ली सन्तान भ्यायसम्मका कुरा पुरा उपभोग गर्न पाएकै थिए ।आमाबुवाको सपना म थिए मेरो सपना आमाबुवाको इक्छा थियो । लाउन खान पढ्न खासै दु.ख झेल्नु परेन मलाई मायाले मलाई नानु भन्थे सबैले बोलाउने नाम नै नानु रह्यो । हेहे हे भन्दै सबै पिरलाई पन्छाउदै कान्ती मुहारमा ल्याउन खोज्नु भयो ।
अनि अहिले आमाबुवा कताहुनुहुन्छ ? नेपालथोक अब के सुन्न चाहन्छौ मेरो बारेमा, उहाँले सोध्नुभयो मैले जिस्केर भने तपाईको लभ स्टोरी !!
सुन्ने हो ?
सुन्ने
सक्षम उ अहिले यो संसारमा छैन तर मेरो मनमा छ।
उस्ले त आफनो बाचा पुरा गरेर गयो, बाचुनजेल साथ दिन्छु भनेको थियो, साथ त दियो तर यसरी कहिले नआउने गरी छोडेर गयो ? उ मेरो साथमा हुदाँ कहिले उस्लाई मैले गरेको माया देखाइन । उ संग जहिले पनि झर्केर बोलिरहे कयौन पटक उ मेरो बचनले रायोे तैपनि म उ प्रती रुठो नै बनिरहे । उस्ले गरेको मायालाई देख्दा आफुलाई भाग्यमानी ठान्थे । म पनि उसलाई धेरै माया गर्थे तर उस्को सामु देखाउन नसक्नु मेरो बाध्यता थियो । मलाई माफ गर सक्षम ।
तिम्रो छोटो आयुमा पनि मैले धेरै तड्पाएको गल्तीको महसुस सधै भईरहन्छ । उस्को मृत्यु पश्चात म हरेक पलमा उ संग माफी मागी रहेको हुन्छु । प्लीज मलाई माफ गर !!मेरो कारणले उ रोएको सुन्दा मेरो आँखा पनि रसाउथ्यो, बोल्दा बोल्दै आवाज भासिन्थ्यो, उस्लाई अघात प्रेम गर्दा गर्दै पनि उस्को हुन सक्दीन भन्ने थाहा थियो मलाई । मेरो भबिष्य बनाउन सहयोग गर्ने आफ्नाको इक्क्षालाई हत्या गरेर उ संग रमाउन सक्दिनथे। आफ्नाले मेरा लागी जिबन साथी छानी सकेका थिए ।
मैले उहाँहरुको कुरालाई नर्कान सकीन, उ भन्दा पहिले मेरो जिबनमा आमाबुवा आउनुभएको थियो । उस्को बारेमा मैले घरमा कहिले कुरा गर्ने आँटै गरिन कीनकी उ म भन्दा २ बर्ष कान्छो थियो ।हाम्रो समाजमा केटी भन्दा केटा नै जेठो हुनुपर्छ भन्ने मान्यता आज पनि उतिकै छ । उस्लाई पनि भनेकै थिए,म तिमी भन्दा जेठी छु मलाई माया नगर भनेर,उस्ले केही फरक पर्दैन, यती हो तीमी म भन्दा चाडै धर्तीमा आयौ, म पछि आए केही हुन्न हाम्रो मन,बिचार मिल्छ, म तीमीलाई धैरै माया गर्छु । जिबनभर साथ दिन्छु ।
उस्ले पनि अरु संगै बिबाह गरेर खुशी रहोस भन्ने चाहन्थे । उस्को निर्दोषपन,सरल सहयोगी भावनाले गर्दा दिन दिनै म उस्को माया तर्फ खीचिदै थिए । जती टाडा हुन्छु भने पनि चुम्बकले फलामलाई ताने सरी म उ तिर तानिदै थिए । एक मनले त भन्थियो सबैलाई छोडेर उ संग जाउँ फेरी याद आउथ्यो त्यहि बाध्यता ।सुनकोशीे किनारको बालुवामा लेखिएको उस्को मेरोे नाम छालले बगाएर नामो निसान मेटाए जस्तै गरी हाम्रो सम्बन्ध पनि मेटाएर गयो । उस्ले मलाई मुटु रोग लागेको छ भनेर सुनाउदा मैले पत्याकै थिइन ।
म सोच्थे मुटु रोग त बुढापाकालाई लाग्छ । उस्लाई मुटु रोग लाग्ने बेला भएको छैन मेरो माया जाँच्नलाई यस्तो झुटो बोल्छौ भन्दै उल्टै गाली गर्थे । फोनमा धेरै रुन्थ्यो तैपनि उस्को कुरा सुनिन, च्याटमा मेसेज गर्यो पत्याइन । म बाहेक अरुलाई कल्पना समेत गर्न सक्दिन भन्दा, “म पनि त” भन्न मन लाग्थ्यो तर भन्न सक्दिन थिए ।उ संग रिसाको पनि १५ दिन जती भएको थियो। पछि उस्को रीस मरयो होला भनेर मैले फोन गरे फोन उठ्ने बितिकै मैले लाडे स्वरमा तिम्रो रिस अझै मरेको छैन ? भनेर के सोधेको थिए उता बाट को बोलेको तिमी? भनेर ममीले सोध्नुभयो ।
मैले डरले हतार हतार फोन काटी दिए । फेरी तुरुन्तै निकै चोटी फोन आईरह्यो । मैले डराउदै उठाए । उस्को ममीले संक्षमको कोहो तिम ी ?भनेर प्रश्न गर्नुभयो, अकमकाउदै म साथी भने । नानी तिम्रो साथी बितेकोे आज ३ दिन भईसक्यो भन्नु भयो । भारी काँपेको रुन्चे आवाजमा बोलीरहनुभएको थियो । अरु के भन्नुभयो थाहा पाइन ।
फुुलैफुलको सुगन्धीत बगैचा, कपास जस्ता बादलहरु हवा संग डुल्दै थियो । न्यानो घाम पनि लुकामारी खेल्दै थियो । तेतिसकोटी देवताको बास ,शान्त ठाउँ सायत यहि नै हो स्वर्ग। सक्षम एक छेउमा मुस्कुराएर बसेको थियो । मलाई देख्न साथ कुदेर अङकमाल गर्यो । तर उस्ले मलाई छोएको महसुस नै भएन । नजिक भए पनी उस्को अनुहार धमिलो देखिएको थियोे । म संग यती रिसाउनु पर्छ ।
अरुबेला सधै म दुई दिन सम्म रीिसाउदा आफै बोलाउथ्यौ, मेरै गल्तीमा पनि तीमी माफ माग्थ्यौ अनि यो चोटी चै धेरै रिसायौ किन ?
तिमीलाई सताउन , मलाई सताउन तिमिलाई मन पर्छ । अब त तिमी मलाई छोडेर जादैनौ ? काहाँ ? तिम्रो दुनियामा अब त तिम्रो र मेरो दुनिया अलग भैसक्यो दुनिया अलग रे ! के भनेको ? मज्जाले हाँस्यो केही हैन । कृपा अब मलाई छोडेर नजाउ है हुन्छ ,तिमी पनि म संग कहिले नरिसाउन ,बाचा भयो अब देखी कहिले रिसाउदिन ।यस्तै मिठा मिठा बाचा गदै हात समाउदै सुगन्धीत बगैचामा डुल्दै थियौ । मेरो होस आएछ सक्षमको ममीले अरु के भन्नु भयो त्यो त थाहै भएन मलाई एउटै शब्दले बेहोसीको अबस्थामा पुर्याई सकेको थिया।े
सबै जना मेरो वरिपरी थिए स्लाइनपानी दिएको रहेछ । बेहोसीमा सक्षम संग रहेछु । बेहोसी नै ठिक थियो । यता म सक्षमको मायाले रुदै थिए। उता आमाबुवा मेरो मायाले रुदैहुनुहुन्थ्यो । उस्को मृत्युको सत्यतालाई स्विर्कान निकै गाहे भयो । पहिलो माया न परयो । सक्षम अरुकै भए पनि उस्को हरेक सपना साकार होस भन्ने चाहन्थे । साचीकै यो संसारमा उस्को रगतको साइनो कोही रहेनछने, उस्लाई राती कस्ले हो, दैलोमा छोडि दिएका थिए रे । उस्ले यी सब कुरा सुनाउदा मैले कहिले विश्वाश गरिन ।
वार्षिकीमा उस्को घर गए रौतहट ।आँगनको बिचमा उस्को ठुलो फोटोमा माला लगाएर राखेको थियो, फोटोमा खुलेर हाँसेको सक्षमलाई देखेर आँसु रोक्ननै गाहे भयो म भक्कानिएर त्यही थचक्क बसे । मेरो भक्कानो सुनेर उस्को ममीले मलाई चिन्नु भएछ नजिक आएर मेरो कुममा हात राख्नुभयो । निकै बेरसम्म मलाई रुन दिनुभयो धेरै बेरसम्म आँसु बगेपछि सायत त्यो पलमा मेरा आँखा थाके क्यारे आफै चुप हुन पुगेछु ।
भोलीपल्ट घर चोख्याउनको लागी पुजा लागाउन लाग्या रैछन । मलाई फर्कन दिएनन्, म पनि अप्ठयारो मान्दै बसे । सक्षमको दाई हुनुहुदो रहेछ । भाई गुमाकोमा निकै दु.ख. ब्यक्तm गर्नुहुन्थ्यो । सक्षमलाइ हामीले पालेको भए पनि कुनै कुरामा कहिले फरक गरेनौ । ममीबाबाले त झन मलाई भन्दा बढि माया गर्नु हुन्थ्यो यो टुहुरोको को छ र हामी बाहेक भन्नुहुथ्यो । उस्ले पनि हामीलाई निकै माया गथर््यो । खै ! कुन चाही पापीले सानोमा भाईलाई हाम्रो दैलोमा छोडेर गयो थाहै छैन ।
ठुलो विजनेसम्यान बन्छु र हजुरहरुलाई सुख दिन्छु भन्थ्यो । निरास हुदै दाईले भातृत्व पे्रम देखाई रहनु भएको थियो । सक्षमलाई आफु टुहुरो हुँ भन्ने कुरा थाहा थियो ?थाहा थियो ।सक्षम मलाई माफ गर, न त तिमीलाई गरेको माया देखाउन सके,नत तिम्रो पिडालाई बुझे मनमनै उ संग माफ माग्दै थिए टोलाए छु । दाईले ठुलो स्वरमा के भयो भन्नुभयो म झसंग भए । भाइले तिम्रो बारेमा पनि कुरा गथ्यो । तिमिले धेरै माया गथ्यौँ रे, भाईलाइ । अँ.. भने , अब्यक्त मेरो मायालाई बुज्ने तिमी, तर ब्यक्त तिम्रो मायालाई बुभ्ःmन सकिन सक्षम ।
पुजाको भोलीपल्ट बिहानै घर फर्किने तरखर गदै थिए । ममीले खाना खाएर जाउँ भन्नुभयो । नाई भन्न पनि सकिन र भान्सामै सघाउन गए । लामो सुुुुुुस्केरा हाल्दै भन्नुभयो,,,र्,ृभान्सामा खुब सघाउथ्यो । चिया र हार्ड कफी निकै मन पराउने, बेलाबेलामा कफी बनाएर दिइरहन्थ्यो । भन्दै गहँ भरीएको आँशु पुछ्दै ममि खाना पकाउन थाल्नुभयो । दाइले पनि भाईलाई सकेसम्मको उपचार गरायौ काठमाण्डौ देखी सिलगुडी पुर्यौ पैसा भएर पनि बचाउन सकिएन के गर्नुृ? वर्ष दिन भैसकेको भएपनि परिवारमा उस्को मायाको याद उतिकै ताजा थियो ।
नेपालथोकसम्मको एक्लो यात्रामा र्फिकदै थिए । तराईको समतल बाटो बस आप्mनै रप्mतारमा गुडिरहेको थियो । म तिम्रो शहर छोडी टाढा जादैछु नारायणगोपालको स्वरसंगसगै यात्रुहरु पनि ओठ चलाई रहेका थिए तर म भने सक्षमलाई पलपलमा सम्झीरहे ।
एकदिन उस्ले फोनमा भनेको थियो म मेरो वंशलाई अगाडी बढाउन चाहन्छ् तिमी रेडी छौ ? उस्का कुराले म तरङगीत भए तैपनि थाहा नपाए जसरी फेरी सोधे के भनेको रे ? उस्ले हाँस्दै भन्यो तिम्रो र मेरो बिहे नभए पनि एउटा छोरा जन्माउने ल ? मैले भने “आर यु म्याड” ? नो, बट आई वान्ट ,बट आई कान्ट ,,
कृपा केहि गरी म चाँडै मरे भने म संगै मेरो वश पनि मर्छ मेरो वंश बाचाई दिन तिमिले चाह्यौ भने सक्छौ । तिमीलाई बरु २ वर्ष सम्म दुनियाको नजर छलेर लुकाउछु जीबन साथी बन्यौ भने झन राम्रो बन्न सक्दैनौ भने पनि हाम्रो मायाको चीनो राख्न चाहन्छु नाई नभन ल । तिमीले हुन्छ भन्यौ भने हामीलाई कसैले केहि गर्न सक्दैनन । प्रजनन्को अधिकार स्वयम महिलालाई मात्र हुन्छ भन्दै कनभिन्स गदै थियो मलाई लाटो रिस उठ्यो धेरै गाली गरे । त्यपछिका दिनहरुमा उस्ले यो चाहनालाई मेरो सामु कहिले राखेन ।
समय बित्दै थियो उस्को दाइले फोन बाक्लै गर्नुहुन्थ्यो म पनि कुरा गर्थे । दाईले एक दिन भेटछु भन्नुभयो । मैले पनि हुन्छ भने काठमाण्डौ बौद्धमा हाम्रो भेट भयो । औपचारीक कुरा पछि दाईले मलाई कृपा म तिमिलाई माया गर्छु । भन्नुभयो म त बोल्नै सकीन एकाएक दाई प्रति भएको सम्मान सबै आक्रोसमा परिवर्तन भयो । कल्पना समेत गर्न नसकेको कुरा दाईले भन्नुभएको थियो । दाईको कुराले आँखा बाट आँशु मात्र खसिरह्यो । म केही नबोली त्याहा बाट हिडे । बेलुका दाईले फोन गर्नुभयो म ममीसंग थिए । ममीले कुरा गर्नु भयो सबै कुरा भए पछि मेरो जिबन साथीको रुपमा ममी बुवाको छनौटमा पर्नु भयो सक्षमको दाई । मैले धेरै नर्कान खोजे तर सकिन ममीबुवाको इक्क्षा नै मेरो जिन्दगी बन्न पुग्यो ।
नचाहेर भए पनि मेरो बिबाह भयो । समयको खेलले कस्तो मोडमा पुर्यायो । बिबाह पछिको जिबन सुखमय हुन्छ भन्थे खै मेरो त बाध्यामक पो बन्न पुग्यो । दुई आत्मा ,मन को मिलनमा स्वर्गिय आन्नन्द मिल्छ भन्थे मेरो त रोदनमै बित्यो । ३ वर्ष सम्म बच्चा नभए पनि राम्रै गरिरहेका थिए । त्यस पछि त बाँझी, अलन्छीन आईमाई भनेर रात दिन गाली गर्न थाले । सकेसम्म त मेरो भाग्य नै यस्तो भनेर सहेर बसे नानी, माईतीमा पनि केहि भनिन । वार्षिकी मा आउदाको सासु ममी र बिहे पछिको सासु ममीको ब्याबहार आकाश पातलको फरक थियो । मुखले मात्र गाली गर्दा सहेर बसे पछि त आमा छोरा भएर कुट्ने भुत्याउने गर्दा रात दिन सक्षमलाई सम्झेर रुनुको बिकल्प बाहेक अरु केहि थिएन ।
उनिहरुका म प्रतीको अत्याचार एककान दुईकान मैदान हुदै मेरो माइतीमा पुगेछ । ममी र बुवा लिन आउदा म माथी सौता हाल्ने कुरा चलिरहेको थियो । छोडपत्र दिने समझदारीमा म माइत आएर बस्न थाले । मेरो चाहाना बिपरित बिबाह गरी दिएकोमा ममीबुबा पछुताउदै हुनुहुन्थ्यो । मेरो भाग्य नै यस्तै थियो भोग्नै पथर््यो । किन आफुहरुलाई दोसी ठान्नुहुन्छ । नरुस भनेर सम्झाउथे तर आफुलाई सम्हालन चै साहै गारो हुन्थ्यो ।
यस्तै कुरा सुनाउदै हुनुहुन्थ्थो । नर्सले दिदिलाई बोलाउनु भयो । बाँकी कुरा भोली गरौला भन्दै दि दि भित्र जानु भयो मनमा धेरै प्रश्न खेलाउदै म पनि लगनखेल रुम तिर लागे ।भोली पल्ट बिहान कलेज पछि साँढे १० बजे तिर प्रसुती गृह गए सुत्केरी दिदीको श्रीमानले डिस्र्टाच गरीसक्नु भएछ । घर लाने तरखरमा हुनुहुन्थ्यो । सुत्केरीको श्रीमानलाई चिन्न साथ बच्चामात्र मेरो हो, श्रीमती मेरो होईन भन्ने कुरालाई सम्झीए र सोधे तपाईले किन यस्तो भन्न ुभएको ? मैले भनेकै छैन ! यदि त्यसो भन्थे भनि कसरी लिन आँउथेर ? भन्ने प्रश्न उल्टै मलाई गरे ।
म पनि चुप लागे भन्छन श्रीमान र श्रीमतीको बिचमा पर्नु हुन्न रे ! तैपनि शंकालु मन हो सुत्केरी दिदि संग कुरा नगरी चित्तै बुझेन उहाँको श्रीमान औषधी किन्न गएको मौकामा सुत्केरी दिदि संग सोधे तपाइलाई श्रीमानले धेरै माया गर्नुहुन्छ है ।सुत्केरी दिदी लाजले मुस्कुराउदै अँँँ …. भन्नुभयो र गर्भ गर्दै, हाम्रो लभ म्यारीज हो । यो हाम्रो पहिलो सन्तान हो । के गर्नु गाडी हाँक्नु हुन्छ , मलाई टाइम दिनै पाउनुहुन्न । फेरी २ दिन बसेर गईहाल्नु हुन्छ ।
उहाँको यस्तो कुराले तपाइको श्रीमानले त बच्चा मात्र मेरो हो श्रीमती मेरो होइन भन्नु हुन्छ रे त भनेर सोध्ने आँट गरिन मैले । अनि तपाइलाई कुर्ने दिदि खैत… उहाँ त आज बिहानै नेपालथोक जानु भो राती फोन आको थियो उहाँको बुवा साहै बिरामी हुनुहुन्छ रे त्यहि भएर घर जानु भो ।अझै धेरै कुरा सोध्न बाँकी थियो दीदी गईसक्नु भएछ । उहाको मोबाइल नम्बर लीएर बाँकी कुरा फोन बाटै गरौला भन्दै म रुम तिर लागे थापाथलीमा माइक्रो कुर्दै थिए दिदिलाई मिसकल गर्नू परयो भनेर फोन लगाको मोबाइल स्विच अफ पो भन्यो ।
चार्ज नभएर होला भने र फेरी बेलुका गरे फेरी स्विच अफ नै भन्यो तिन महिना भईसक्यो जहिले पनि स्वच अफ नै भनिरहन्छ । अरु बेला याद नआए पनि कलेज आँउदा जाँदा भने सधै याद आउछ।
आज पनी स्वच अफ नै भन्यो ,एक दिन पक्कै फोन लाग्छ भन्ने आशमा सधै उहाँको नम्बर डायल गरीरहेको हुन्छु ।